बाँके माघ २४ गते ।
राप्ती सोनारी—५ वीनौनामा कान, आँखा तथा दाँत निशुल्क स्वास्थ्य शिवीर गरिएको छ । रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्जद्धारा भुवर भवानी माविमा सञ्चालित शिवीरमा करिव ४ सय ४० जनाको कान, आँखा तथा दाँतको परिक्षण तथा उपचार गरिएको छ ।
शिवीरको उदघाटन गर्दै वडा अध्यक्ष झग्गु थारुले स्वास्थ्य शिवीरबाट अधिकतम सेवा लिन आहवान गर्दै स्थानीय तह आम नागरिकको स्वास्थ्य अधिकारप्रति जिम्मेवार रहेको दाबी गर्नु भयो । शिवीरमा कान एक सय ५५, आाँ दुई सय ७ र दात ७८ जनको चेकजाँच गरिएकोमा २२ जनालाई रेफर गरिएको रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्जकी उपाध्यक्ष माधवी शाहले जानकारी दिन भयो ।
शाहका अनुसार आँखा अप्रेशनका लाागि ८ जना, कान सर्जरी का लाागि १२ जना र अन्यलाई दातको उपचारका लागि रेफर गरिएको थियो । चिकीत्सक डा निर्माण बहादुर शाह, रुपेश श्रेष्ठ र सगुन श्रेष्ठले दाँत, कान र आँखाको जाँच गर्नु भएको हो । शिवीरमा भिषण थारु, बादल चौधरी, तीर्थमान थारु, प्रविण पोख्रेल, सुधिर बर्मा, ंगीता यादव, कुलाराम थारु लगायतले प्राविधीकीय सहयोग गर्नु भएको थियो ।
खडक बहादुर बोहराले संचालन गर्नु भयको कार्यक्रममा
रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्जका अध्यक्ष पूरण थारु, शिक्षक संघ जिल्ला उपाध्यक्ष शेखर रावत, सदस्य प्रदिप शाह लगायतले स्वास्थ्य शिवीर बारे बोल्नु भएको थियो । भेरी अष्पताल, नेपालगञ्ज आँखा अष्पताल, ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र र राप्तीसोनारी वडा न ५ विनौनाको सहकार्यमा शिवीर गरिएको रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्जकी सदस्य यशोदा शाहले जानकारी दिनु भयो ।
Discussion about this post