बाँके माघ २५ गते ।
केही दिनदेखि मौसममा भइरहेको बदली आजदेखि क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने मौसमविदले जानकारी दिएका छन्।
यस्तै आइतबार राति प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। अहिले बिहान प्रदेश १ का पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसममा क्रमिक सुधार भए पनि चिसो भने अझै कायमै रहने मौसमविदले बताएका छन्।
Discussion about this post