बाँके माघ २७ गते ।
नेपालगन्जको जमुनाह प्रहरीले लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा
दाङ गढुवा गाउँपालिका ६ बस्ने बर्ष २२ आशिष पाण्डे र लमही नगरपालिका निवासी बर्ष ३० को दाम बहादुर पाण्डे रहेको जमुनाह प्रहरीका इन्चार्ज विष्णु गिरीले बताउनुभयो ।
उनीहरुलाई नेपालगन्ज १५ माछामण्डी नजिकैबाट पक्राउ गरिएको छ । पाण्डेको साथबाट साढे पाँच ग्राम ब्राउन सुगर बरामद भएको छ । उनीहरु भारतबाट आउदै थिए । शंकास्पद गतिविधि देखिएपछि उनीहरुलाई चेकजाँच गर्दा बायाँ जुत्तामा लुकाएर ल्याएको अबस्थामा ब्राउन सुगर फेला परेको हो ।
नाकाबाट मानिसहरुको ओहोरदोहोर सुरु भएपछि लागु औषध प्रयोगकर्ता तथा कारोवारीहरु पनि सक्रिय हुन थालेका छन् । नाकाबाट हुने अवैध तस्करी तथा आपराधिक घटना नियन्त्रणमा जमुनाह प्रहरीले पनि सक्रियता देखाउँदै आएको छ ।
Discussion about this post