अजय पाठक
बाँके भदौ २४ गते । मुस्लिम समुदायमा दुःख प्रकट गरी मनाइने मोहर्रमको अन्तिम दिन मंगलबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । दस दिनसम्म विविध कार्यक्रम गरेर मनाइने मोहर्रम पर्वको आज अन्तिम दिन, ताजिया विसर्जन गरेर पर्वको समापन गरिएको छ । मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा पाँच करोड बढीका करिब एक हजार सय ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिकरुपमा आज फुलटेक्रामा रहेका कर्बलामा विर्सजन गरेका थिए । आज दिउसो नगरका विभिन्न भागबाट शुरु हुने ताजिया विसर्जन जुलुसले नगर परिक्रमा गरेर स्थानीय कर्बलामा पुगेर ताजिया विसर्जन गरेर मोहर्रम सम्पन्न गरिने मोहरर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताउनु भयो । (फोटो फिचर)
Discussion about this post