बाँके माघ २८ गते ।
राप्तीसोनारी गाउँपालिका २ खोरिया बाँकेकी कल्पना वलीले श्रीमान खोजिदिन माग गर्नुभएको छ । उहाँका श्रीमान हेमराज खत्री दुईसातादेखि सम्पर्कविहीन भएपछि पत्रकार गुहारेर श्रीमानको खोजी गरिदिन आग्रह गर्नुभएको हो । उहाँले ईलाका प्रहरी कार्यालयमा समेत श्रीमानको खोजीका लागि आग्रह सहित निवेदन दिनुभएको छ ।
प्रहरीमा एकजना ब्यक्तिको नाम सहित किटानी जाहेरी दिइएको छ । ७ वर्षिय छोरा सुजनसहित बुधबार पत्रकार महासंघ बाँकेमा पत्रकारसँग कुरा गर्दै वलीले आप्mना पति हेमराज खत्री माघ १४ गतेदेखि घर परिवारको सम्पर्कमा नआएको बताउनुभयो । हेमराज र कल्पनाबीच २०६९ मा विहे भएको हो । कल्पनासँग विहे भई छोराको जन्म भएपछि हेमराजले पटक–पटक राप्तीसोनारी ५ की एक युवतीसँगको सम्बन्धमा रहेको दावी कल्पनाको छ ।
कल्पना स्वयमले पनि ती युवतीलाई पटक पटक सम्झाएको पत्रकार सम्मेलनमा बताउनुभयो । कल्पनाले सम्झाउने क्रममा ती युवतीले अव कुरा गर्दिन, सम्बन्धमा बस्दैन भनेर जवाफ दिने गरिकी थिइन् । ती युवतीकै कारण श्रीमान वेपत्ता भएको कल्पनाको आरोप छ ।
माघ १४ गते घरबाट कुखुराको औषधी लिन आएका हेमराज सम्पर्कविहिन रहेको कल्पनाले बताउनुभयो । विगतमा श्रीमानसँग सम्बन्धमा रहेकी युवतीलाई पक्राउ गरेपछि वास्तविकता खुल्ने कल्पनाको भनाई छ ।
Discussion about this post