दाङ फागुन ५ गते ।
अवैध वन पैदावार ओसारपसारमा संलग्न एक दोषीलाई पक्राउ गरी दाङ प्रहरीले आज सार्वजनिक गरेको छ । अवैध वन पैदावार ओसारपसार मुद्दामा फरार घोराही उपमहानगरपालिका ३ का ३० वर्षीय विशाल विकलाई ७ वर्षपछि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
दाङ देउखुरी जिल्ला अदालतले २०७१ असार १२ मा गरेको फैसला अनुसार १४ दिन कैद र २९ हजार ४ सय रुपैयाँ जरिवाना ठहर भएको तर फरार रहेका विकलाई अहिले प्रक्राउ गरिएको प्रहरी प्रमुख चन्दले जानकारी दिएका छन् । पक्राउ गरिएका विकलाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाई कारागार चलान भएको प्रहरीले जनाएको छ ।
Discussion about this post