काठमाण्डाै फागुन ६ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दाह्री ग्याङ’का युवाहरुसँग भेट गर्नुभएको छ । राष्ट्रका लागि युवा भन्ने अभियानमा रहेका युवाहरुलाई उहाँले बुधवार बालुवाटारमा भेट गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमा दाह्री ग्याङका सदस्यसँगको भेटबारे तस्बिर राख्दै ‘राष्ट्रका लागि युवादाह्री ग्याङसँगको भेट ’ भनेर लेख्नु भएको छ ।
राष्ट्रका लागि युवा भन्ने अभियानमा डाक्टर, इञ्जिनियरसहित १ सय ५० भन्दा धेरै संघसंस्था छन् । त्यसमध्ये ‘दाह्री ग्याङ’ पनि एउटा हो । यो अभियानमा रहेका युवाहरुले आफूहरुले रकेट बनाउँदै गरेको जानकारी प्रधानमन्त्रीलाई गराएका छन् ।
Discussion about this post