वसिम अन्सारी
बाँके फागुन १६ गते ।
महिला हिंसा अन्त्यको माग गर्दै नेपालगन्जको त्रिभुवन चोकमा मैनवत्ती प्रज्वलन गरिएको छ । नागरिक अगुवाहरुको समूहको आयोजनामा मैनवत्ती प्रज्वलन गरिएको हो । सहभागीहरुले नेपालगन्ज उपमहानगरपालिका-६ निवासी एक किशोरीको बलात्कारपछि निर्घात कुटपिट गरी हत्याको प्रयास गर्नेमाथि कारवाहीको माग गरेका थिए ।
दोषीको पहिचान गरी अपराधीलाई कानुनी कठघरामा ल्याउन अधिवक्ता विश्वजीत तिवारीले जोड दिनुभयो । आपराधिक घटना भएको यत्तिका दिन बित्दा समेत अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन असफल भएको भन्दै दोषीलाई तत्काल पक्राउ नगरिए आन्दोलनलाई चर्काउने उहाँको चेतावनी छ ।
केही समय अघि नेपालगन्ज उपमहानगरपालिका निवासी एक किशोरीको बलात्कारपछि निर्घात कुटपिट गरी हत्याको प्रयास समेत भएको र हालसम्म पनि अपराधी पत्ता लगाउन प्रशासन मौन रहेको प्रति अगुवाहरुको आपत्ती थियो ।
Discussion about this post