बाँके फागुन २४ गते ।
नेपालगन्जमा महोत्सव लाग्ने भएको छ । पर्यटन प्रर्वद्घनमा टेवा पुग्ने उद्देश्यले “समृद्घ नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन संस्कृती तथा रोजगारको पुर्वाधार “ नारा सहित ब्यापार पर्यटन कृषि सांस्कृतीक महोत्सव २०७७ तेस्रो नेपालगञ्ज महोत्सव हुने भएको हो । चैत्र १२ गते देखि चैत्र २२ गते सम्मको लागी महोत्सव गरिन लागिएको हो ।
ए जी सर्भिस प्रा लि नेपालगञ्जको आयोजनामा महोत्सव लाग्ने छ । तेस्रो नेपालगञ्ज महोत्सवलाई झण्डै २ लाख ५० हजार भन्दा बढि अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ ।
महोत्सवमा चर्चित कलाकार रेखा थापा, आर्यन सिग्देल, प्रमोद खरेल, चन्द्र शर्मा, बद्रि पंगेनी, ज्योती मगर, पुस्कल शर्मा, दुर्गेश थापा, मिस्टर आरजे, सर्जना खत्री, प्रिती आल, प्रकाश सपुत, पशुपति शर्मा, रमेश राज भट्टराई, राम जी खान, बाल कलाकार सचिन परियार, सिरजु अधिकारी, प्रिती आले, भुमिका गिरी, आरोसी मगर, रुविना अधिकारी, श्री निवाश थारु, दुर्गा नेपाल, रवि रिमाल, बैकुण्ठ महन्त, डिजे विटि, टिका सानु, योगेश काजी, सम्राट चौलागाई लगायतका कलाकाहरुकोे प्रस्तुती रहने छ ।
स्थानिय कलाकारलाई बिषेश प्राथमिकता दिई उनीहरु विच लुकेका प्रतिभालाई प्रस्पोटन गर्नका लागी बिषेश अवसर दिईने आयोजकले जनाएको छ । नृत्यमा युवालाई प्रोत्साहन गर्नका लागी महोत्सवमा खुल्ला एकल नृत्य प्रतियोगिता २०७७ समेत आयोजना गरिनेछ । नृत्यमा प्रथम हुने प्रतिस्पर्धीलाई रु ५०,००० र फिल्ममा अभिनय गर्ने अवसर दिईनेछ । दोश्रोलाई रु ३०,००० र म्युजिक भिडियो खेल्ने अवसर दिईनेछ ।
त्यस्तै तेस्रोलाई २०,००० पुरस्कार र म्युजिक भिडियो खेल्ने अवसर दिईनेछ भने चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई पनि सान्तोना पुरस्कार दिईनेछ । ब्यापार पर्यटन कृषि तथा वृहत साँस्कृतीक महोत्सव २०७७ तेस्रो नेपालगञ्ज महोत्सवलाई उत्कृष्ट बनाई यस क्षेत्रको बिकास तथा पहिचानका लागी पहुच विस्तार गर्न र यस महोत्सवलाई सफल बनाउन ए जी सर्भिस प्रा लि ले संघिय सरकार, प्रदेश सरकार, तथा स्थानिय सरकार, सरकारी तथा गैरसरकारी संस्थारफर्म लगायत संग समवन्य गरी रहेको छ ।
Discussion about this post