बाँके फागुन २५ गते ।
बाँकेको कोहलपुरका विभिन्न ५ स्थानमा प्रहरीले विद्यालय तथा विद्यार्थी सुरक्षा सहायता योजना ‘डिअर स्टुडेन्ट्स प्लिज फ्लो मि’ अभियान सुरु गरेको छ ।
कोहलपुर क्षेत्रका हाईवे क्षेत्रमा पर्ने विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि विद्यालय तथा विद्यार्थी सुरक्षा सहायता योजना सुरु गरिएको हो । कोहलपुरको त्रिभुवन मावि, एनटिभी, चप्परगौडी, किरणनाला लगायतका ५ स्थानमा प्रहरीले सहायता योजना ‘डिअर स्टुडेन्ट्स प्लिज फ्लो मि’ सुरु गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले बताएका छन् ।
यस्तो किसिमको योजनाले विद्यार्थीहरुलाई बाटो काट्न सहज हुने डिएसपी खनालले बताएका छन् । विद्यार्थीहरु विद्यालय जाने समय बिहान १ घण्टा तथा फर्किने समय बेलुकी १ घण्टा प्रहरीले विद्यार्थीहरुलाई आफैले बाटो कटाईदिने खनालले जानकारी दिए । यसका लागि दैनिक २ जना प्रहरी परिचालन हुने छन् । वि.सं. २०७६ साल मंसिर २२ गते बिहान त्रिभुवन माविको गेटैमा ठुलो दुर्घटना भएको थियो ।
कोहलपुरको एनटिभी चोकैमा बस्ने प्रकृति चन्द आफ्नो बुवासँग स्कुटरमा विद्यालय जाँदै थिईन् । दुर्भाग्यवश उनी विद्यालयको गेटसम्म त पुगिन् तर गेटभित्रसम्म पुग्न सकिनन् । ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनेकी प्रकृती चन्दले आफ्ना दुवै खुट्टा गुमाउनु पर्याे ।
यो घटनापछि विद्यार्थी तथा अभिभावकमा धेरै नै मानसिक असर परेको भन्दै प्रहरी आफै विद्यार्थीलाई बाटो कटाउन योजनाका साथ अघि बढेको खनाल बताउँछन् ।
यस्ता खाले गतिविधिले प्रहरीप्रति जनाता, बालबालिका तथा आम नागरिकको जनविश्वास बढ्दै जाने पनि खनालले बताए । विद्यालयको समयमा सवारी चालक पनि प्रहरीको यस योजनाले सचेत हुने बिश्वास गरिएको छ । यो योजना विषेश गरि ८ कक्षा भन्दा तलका बालबालिकाहरुका लागि ल्याईएको हो ।
त्रिभुवन मावि चोकमा त्यहाँकै बिटका प्रहरी परिचालन हुने डिएसपी खनालले जानकारी दिए । आवश्यकता अनुसार अन्य ठाउँमा पनि प्रहरी परिचालन गर्न सकिने ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
Discussion about this post