एजेन्सी
काठमाडौं फागुन २५ गते ।
अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षा फौजले गरेको कारबाहीमा २१ जना तालिवान लडाकु मारिएका छन्। भने अन्य १३ जना घाइते भएका छन्।
तालिवान लडाकु लुकेर बुसेको इलाकालाई लक्ष्यगरी गरिएको यस सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले पनि मद्दत गरेको सेनाले जनाएको छ।
सेनाका अनुसार कान्दाहारको आर्घान्दाब र झारी जिल्लालाई लक्ष्यगरी सो कारबाही भएको थियो। कारबाहीको क्रममा सेनाले विद्रोही तालिवानले योजना गरेको बारुदी सुरुङ र विस्फोट पदार्थ गरी २२ ओटा निष्क्रिय बनाउनुका साथै अन्य हातहतियारसमेत बरामद गरेको जनाएको छ।
सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिवानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ।
तर विद्रोहीले सरकारका खासखास स्थान र व्यक्तिमाथि साङ्घातिक आक्रमण गरिरहेका छन्। तालिवान समूहले भने उक्त घटनाबारे प्रतिक्रिया जनाएका छैन।
Discussion about this post