काठमाडौं फागुन २६ गते ।
प्रहरीले २ जना महिला पाकेटमारलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ, गोंगबु ११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती रहेका छन्।
उनीहरुको साथबाट ३४ हजार ५ सय ५० रूपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरु लामो समयदेखि कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाई चोरी, पकेट मार्ने तथा ठग्ने काममा संलग्न भएको महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काले बताए।
Discussion about this post