भिम पौडेल
बाँके फागुन २६ गते ।
पछिल्लो समयका लोकप्रिय गायक तथा मोडल हुन् दुर्गेश थापा। कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल दुर्गेश पछिल्लो समय समाजसेवामा पनि एकदमै सक्रिय छन् । लकडाउनको विषम परिस्थितिमा थुप्रै दुखी पीडितलाई सहयोग गरेका दुर्गेशले पुनः अर्को तारिफयोग्य समाजसेवा गरेका छन् ।
त्यस्तै पछिल्लो समयका अर्का लोकप्रिय गायक सम्राट चौलागाईं पनि समाज सेवामा अग्रसर भएका छन् । दर्शक स्रोतामाझ हिट गीत दिन सफल सम्राट सामाजिक कार्य गर्न पनि रुचाउँछन् ।केही दिन अघि मात्रै आगलागीबाट पीडित बनेका बाँके नरैनापुरका २४ घरपरिवारलाई दुर्गेश र सम्राट मिलेर खाद्यान्न सहयोग गरेका हुन् ।
कार्यक्रममा लागि अछाम पुगेका दुर्गेश र सम्राटले बाँकेमा घटेको आगलागी जस्तो कारुणिक घटना समाचार मार्फत थाह पाएको र सोही कार्यक्रमबाट पाएको सबै पारिश्रमिक बराबरको आगलागी पीडित २४ घरपरिवारलाई खाद्यान्न वितरण गरेको दुर्गेशले बताए।
मान्छेको सबैभन्दा महत्त्वपूर्ण चिज गाँस बाँस जस्ता कुराहरू आगलागीमा जलेर नष्ट भएको देख्दा दुख लागेको दुर्गेश र सम्राटले बताए। उनीहरूले दाल , चामल, नुन तेल लगायतका खाद्यान्न सामग्री घटनास्थलै पुगेर वितरण गरेका हुन् ।
केही थोरै भएपनि पीडितलाई राहत होस् भन्ने मनसायले तुरुन्तै घटनास्थलमै पुगेर सहयोग गरेको उनीहरूको भनाइ छ। दुर्गेश र सम्राट उक्त पालिकामा पुगेर व्यक्तिगत सहयोग गर्ने पहिलो कलाकारहरु हुन् ।
Discussion about this post