बर्दिया फागुन २७ गते ।
बर्दियामा बाघले आतंक मच्चाएको छ । दिनदहाडै मान्छे मार्न थालेपछि स्थानीय चिन्तामा परेका छन् ।
पछिल्लो पटक मधुवन नगरपालिका ३ को सामुदायिक वनभित्र घाँस काट्न गएकी कोठियाघाट बजारकी २७ वर्षीया रिना सुनारको पाटेबाघले आक्रमण गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
यसअघि फागुन १७ गते बर्दियाको गेरुवा गाउँपालिकामा पाटेबाघले भैँसी चराउन गएका ६५ वर्षीय एक पुरुषलाई आक्रमण गरेर ज्यान लिएको थियो । योसँगै बर्दियामा यस वर्ष बाघको आक्रणबाट आठ जनाले ज्यान गुमाएका छन् । बर्दियामा बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।
पाटेबाघ आक्रमणका घटना दिनहुँ बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यलयले सूचना निकालेर वन र सामुदायिक वनमा गाईभैँसी चराउन तथा घाँसदाउरा लिन नजान पटक–पटक आग्रह गरिरहेको छ । पाटेबाघ आक्रामक बनिरहेकाले केही समय जङ्गल प्रवेश नगर्न र जानैपरे एक्लै नजान डिभिजन वन प्रमुख महेन्द्रराज वाग्लेले आग्रह गर्नुभएको छ ।
Discussion about this post