बाँके फागुन २७ गते ।
सडक दुर्घटनाबाट आफन्तको ज्यान गएपछि उत्तेजित भएको भिडले ईलाका प्रहरी कार्यालय कोहलपुरमा तोडफोड गरेको हो । बिहिबार दिउँसो घटनाको बिरोधमा स्थानियहरूले कोहलपुर चौराहमा चक्काजाम गरेका थिए । २ घन्टा बढि चक्काजाम गरेर बिरोधमा उत्रिएका मृतकका आफन्तहरूले ईलाका प्रहरी कार्यालय घेराउ गरेका थिए ।
त्यस क्रममा आन्दोलनकारिले ईप्रका कोहलपुरमा ढुङ्गामुढा गरेका हुन । चक्काजाम पछि ईप्रका कोहलपुर घेर्न आएको समुहले ढुङ्गामुढा गरेको हो । प्रहरी कार्यालय तोडफोडमा उत्रिएको उक्त समुहलाई प्रहरीले बल प्रयोग गरेर तितरबितर पारेको थियो ।
अहिले सडक दुर्घटनामा परेको परिवारलाई उचित क्षतिपुर्तिको ब्यबस्था गर्ने गरि सहमति भएको छ ।
बुधबार बेलुका ग्यास बोकेको ट्रकले कोहलपुर नगरपालिका ११ विद्घुतचोकमा जयकर्ण मल्ललाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।
Discussion about this post