बाँके फागुन २८ गते ।
उनले आफुलाई भ्रष्टाचार विरुद्धका अभियन्ता ठान्थे । कहिले पत्रकारका रुपमा पनि आफुलाई चिनाउन खोज्थे । आफुलाई सामाजिक अभियन्ता बताउथे । सामाजिक संजालमा चर्कोरुपमा भ्रष्टचारको विरोध गथ्र्ये । सुशासनबारे बोल्थे । तर यिनी कति भ्रष्टरहिछन । त्यसको तथ्य पर्दाफास भएको छ ।
कथित सामाजिक अभियन्ता बाँके राप्तीसोनारी गाउँपालिका–६ का आशिष मल्ल ठकुरी लाई प्रहरीले पक्राउ गरेपछि अहिले उनको कालोरुप नांगिएको छ । प्रहरीमा भर्ना गरिदिने भन्दै ठगी गरेको आरोपमा उनी पक्राउ परेका छन् । प्रहरीमा भर्ना गरिदिने प्रलोभनमा पार्दै ६ लाख रुपैयाँ ठगी गर्ने कथित सामाजिक अभियन्ता ठकुरीलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
उनले सल्यानका भीमबहादुर घर्ती र तारा महताराबाट ६ लाख रुपैयाँ ठगी गरेका थिए । भीमबहादुर घर्ती र तारा महतारासँग ठकुरीले घर्ती र महतारालाई प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ लिएर ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
पीडितको जाहेरीका आधारमा ठकुरीलाई राप्तीसोनारी गाउँपालिका–६ बाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाले जानकारी दिए । ठकुरीले पीडितबाट एकपटक ४ लाख नगद र अर्को पटक २ लाख आइएमईमार्फत बुझेको प्रहरीसमक्ष बताएका छन् ।
पक्राउ परेका कथित सामाजिक अभियन्ता ठकुरीबाट पीडितको पैसासमेत असुलउपर गरी ठगी मुद्दा चलाइने प्रहरी उपरीक्षक रानाले बताए । उनले भने, ‘जतिसुकै ठुलो पावर लगाए पनि ठकुरीमाथि कारबाहीको प्रक्रिया अघि बढाउँछौं, कसैको पावर लाग्दैन ।’
पटक–पटक पैसा फिर्ता गर्न आग्रह गर्दासमेत ठकुरीले उल्टै धम्की दिने र पैसा फिर्ता नगरेपछि उजुरी दिएको पीडितले बताए । प्रहरी उपरीक्षक रानाले ठकुरीलाई आज अदालतमा पेश गरी ठगी मुद्दा चलाउने प्रहरी उपरीक्षक रानाले जानकारी दिए । उनले पीडितहरुलाई अदालतले नै न्याय दिने स्पष्ट पारेका छ ।
Discussion about this post