बाँके चैत १ गते ।
बाँकेको नेपालगन्जमा सोमबार अनलाइनकर्मीको भेला आयोजना गरिएको छ । बाँकेबाट सन्चालनमा रहेका अनलाइन मिडियाका प्रकाशक÷सम्पादकका साथै सन्चारकर्मीको सहभागीता हुने भएको छ ।
अनलाइन पत्रकारिताको समृद्धि विकासमा टेवा पु¥याउँदै र यसमा देखिएका विकृति विसंगतिको रोकथाम तथा न्यूनिकरणमा के कस्तो भूमिका खेल्ने सकिन्छ भन्ने बिषयमा उक्त भेलामा बहस गरिने छ । भेला सुर्खेतरोडको स्वस्तिक कटेजमा विहान १० बजेर ३० मिनेटमा शुरू हुने समय तय गरिएको छ ।
भेलाले अनलाइन पत्रकार र मिडियाको हकहित र अधिकारका लागि बोल्न र राजनीति भन्दा केही माथि उठेर पत्रकारितको धर्ममा रहि काम गर्नका लागि ‘अनलाइन एशोसियसन नेपाल बाँके’ नामक एउटा लुज फोरम समेत गठन गर्ने भएको छ ।
यो एशोसियशनले आधिकारी दर्ता नहुँदसम्म तदर्थ समितिका रूपमा रहेर काम गर्ने छ ।
यसका लागि बाँकेमा रहेका सबै अनलाइन मिडियाका प्रकाशक, सम्पादक तथा सन्चारकर्मीलाई उपस्थितिका लागि अनुरोध पनि गरिएको छ ।
Discussion about this post