बाँके चैत २ गते ।
बाँकेमा कोभिड विरुद्धको खोप लगाउन छुटेकालाई आज लगाइने भएको छ । आज अपरान्ह चारबजेसम्म नेपालगन्ज उपमहानगरपालिका कार्यालय परिसरमा खोप लगाइने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
कोभिड खोप अभियानमा छुटेका लक्षित समूहलाई आज एक दिन समय मिलाइएको उहाँको भनाइ छ । बाँकेमा हालसम्म ३० हजारबढीले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।
पहिलो चरणमा ९ हजार ८ सय ३३ र दोस्रो चरणमा २० हजार ७ सय ८६ गरी ३० हजार ६ सय १९ जनाले खोप लगाएका छन् । त्यसका लागि २ हजार १ सय ३८ भायल खर्च भएको छ । जिल्लामा लक्ष्यको ८१ प्रतिशत प्रगति भएको वलीले बताउनुभयो ।
Discussion about this post