काठमाडौं चैत ३ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मङ्गलवार दिउँसो चार बजेका लागि बैठक आह्वान गर्नुभएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
बैठकमा सहभागी हुन संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई बोलाइएको जनाइएको छ । दलहरूबीच बढ्दै गइरहेको असन्तुष्टि र सत्ता समीकरण सङ्घर्षकाबीच यो बैठकलाई महत्त्वका साथ हेरिएको छ ।
Discussion about this post