काठमाडौं चैत ७ गते ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा लीड्स युनायटेड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा लीड्सले फुलह्यामलाई २–१ ले पराजित गरेको हो । लीड्सका लागि २९ औँ मिनेटमा बामफोर्ड र ५८ औँ मिनेटमा राफिन्हाले गोल गरेका हुन् ।
फुलह्यामका लागि ३८ औँ मिनेटमा एन्डर्सनले एक गोल फर्काए ।
जितपछि २९ खेलबाट ३९ अंक बनाएको लीड्स ११ औँ स्थानमा उक्लिएको छ । पराजित भएको फुलह्याम भने ३० खेलबाट २६ अंकसहित १८ औँ स्थानमा छ ।
Discussion about this post