काठमाडौं चैत ८ गते ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । उपाधी होडमा एथ्लेटिको मड्रिडलाई दबाब दिँदै आएको रियल मड्रिडका लागि केरिम बेन्जिमाले दुई तथा मार्को एसेन्सिओले एक गोल गरे ।
अवे मैदानमा भएको खेलमा सेल्टा डी भिगोलाई ३–१ ले पराजित गर्ने क्रममा बेन्जिमाले २० र ३० औँ तथा एसेन्सिओले इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा गोल गरेका हुन् । सेल्टाका लागि ४० औँ मिनेटमा मिना लोरेन्जोले एक गोल फर्काए ।
जितपछि दोस्रो स्थानको रियल मड्रिडको २८ खेलबाट ६० अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ६३ तथा तेस्रो स्थानको बार्सिलोनाको ५९ अंक छ ।
Discussion about this post