बाँके चैत १३ गते ।
बाँकेको राप्ती सोनारीमा वाइसीएल कमिटी गठन भएको छ । नेकपा एमाले र माओवादी केन्द्र पुरानै स्थानमा फर्किएपछि दुबै पार्टीले संगठन बिस्तारमा लागेका छन । शुक्रवार राप्ती सोनारी गाउँ पालिकामा शेरबहादुर खड्का ूसुजलूको नेतृत्वमा ३५ सदस्यीय वाइसीएल कमिटी गठन गरिएको छ ।
एक औपचारिक कार्यक्रमका बीच प्रमुख अथिती वाइसीएल नेपालका केन्द्रिय सचिव रतन शाही को उपस्थितमा उक्त कमिटी गठन गरिएको हो। राप्ती सोनारीका सबै वडालाई सामेटिएर कमिटी गठन गरिएको वाइसीएल नेता हरि चौधरीले जानकारी दिए ।
राप्ती सोनारीका संयोजक सुजलले अब राप्ती सोनारी वाइसीएललाई सशक्त रूपमा अगाडि बढाउने, त्यसैगरी राप्ती सोनारी भ्रष्टाचार मौलाएको हुँदा अब यसको हिसाब किताब वाइसीएल नेपालले पनि राख्ने चेतावनी दिनु भयो ।
Discussion about this post