बाँके चैत १९ गते ।
नेपालगन्ज भन्सार कार्यालयले भारतबाट पेय पदार्थ ल्याउन रोक लगाएको छ । सीमावर्ती भारतीय बजार रुपैडिया पुग्ने नेपालीहरुले फर्किदा पेय पदार्थ कोकोकला, फेन्टा, डिउलगायतका पेय पदार्थ लिएर आउने गरेका थिए ।
गर्मी बढेसँगै पेय पदार्थको कारोवार बढी हुने गर्छ । भारतीय बजारमा सस्तोमा पाइने भएपछि नेपालीहरुले त्यहीबाट पेय पदार्थ ल्याउने गरेका छन् । सबैले पेय पदार्थ ल्याउन थालेपछि भन्सार कार्यालयले रोक लगाएको छ । भन्सारको निर्देशनपछि जमुनाह प्रहरीले पेय पदार्थ फिर्ता गराउन थालेको हो ।
यस्तै बाँके बजार अनुगमन टोलिले भन्सार छली ल्याएका भारतमा उत्पादित पेय पदार्थ नेपालगन्जको विभिन्न पसलहरुबाट बरामद गरेको छ । आज भएको उक्त अनुगमनमा भारतबाट भित्रिएका पेय पदार्थ बरामद गरी नष्ट गरिएको छ ।
भोलिदेखी अबैध पेय तथा खाद्य पदार्थ भेटिएमा प्रचलित कानुन बमोजिम कारबाही हुने बाँकेका सिडियो रामबहादुर कुरुम्वांगले बताउनुभयो ।
Discussion about this post