बाँके चैत २० गते ।
जनमत पार्टीको केन्द्रीय अधिवेशन चैत २८ गते हुने भएको छ । अधिवेशनको टुंगो लागेसँगै उम्मेदवारी घोषणाको क्रम सुरु भएको छ । यसैक्रममा इरफान अहमद शेषले केन्द्रीय सदस्य र उपमहासचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।
उहाँले त्यसका लागि मनोनयन दर्ता समेत गराइसक्नुभएको छ । उहाँ निवर्तमान केन्द्रीय सदस्य समेत रहनुभएको छ । स्वतन्त्र मधेश गठबन्धनको शुरुवातदेखि नै संघर्ष गर्दै आएका उहाँ मधेशी समुदायको हकहितमा संघर्ष गर्दा २० पटक जेल सजाय भोगि सक्नुभएको छ । मनोनयन दर्तापछि अनलाइन खोजखवरसँग प्रतिक्रिया दिँदै उहाँले मधेशी समुदायको अधिकारको लडाइ अझै नसकिएको बताउनुभयो ।
उहाँले अझैपनि मधेशी समुदायलाई राज्यले विभेदपूर्ण तरिकाले हेर्ने गरेको भन्दै त्यसको लागि संघर्ष जरुरी रहेको उल्लेख गर्नुभयो । मधेशी समुदायका हकअधिकारको वकालतका लागि आफु नेतृत्वमा आउन चाहेको स्पष्ट पार्नुभयो ।
Discussion about this post