ताहिर शेषराई, साहिल
बाँके चैत २१ गते ।
नेपालगन्जका बरिष्ठ पत्रकार मोहम्मद आरिफ अन्सारी पत्रकार महासंघ लुम्बिनी प्रदेशका लागि सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । लामो समयदेखि पत्रकारितामा आवद्ध अन्सारीले प्रदेश सदस्य (अल्पसंख्यक) मा उम्मेदवारी दिनुभएको हो ।
विगत २५ वर्षदेखि पत्रकारितामा निरन्तर लागि परेका पत्रकारको क्षमता, दक्षता वृद्धिमा उहाँले महत्वपूर्ण योगदान दिनुभएको छ । एनपीआई नेपालगञ्जका संयोजक समेत रहनुभएका अन्सारी भेरी एफएम नेपालगञ्जमा विगत १७ वर्षदेखि स्टेशनको विभिन्न जिम्मेवारीमा रही आफ्नो भूमिका निभाइसक्नुभएको छ ।
बाँके जिल्ला सामुदायिक रेडियो प्रसारक संघ अकोराबको जिल्ला अध्यक्ष अन्सारीलाई लुम्बनी प्रदेशको सदस्य (अल्पसंख्यक) मा आफ्नो अमुल्य मत प्रदान गरि जिताउन सबैमा अपिल समेत गर्नुभएको छ ।
अल्पसंख्यक समुदायको हकहितको सवालमा पत्रकारिताका माध्यमबाट आफुले सक्दो भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले आफ्नो जित सम्पूर्ण अल्पसंख्यक समुदायको हुने पनि बताउनुभयो ।
Discussion about this post