काठमाडौं चैत २१ गते ।
अमेरिकाको राजधानी स्थित संसद भवन क्षेत्रमा भएको आक्रमणमा एक प्रहरी अधिकारीको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् । संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएको थियो ।
त्यसपछि चालकले प्रहरीलाई अधिकारीमाथि चक्कुले आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीको गोली लागेर आक्रमण संलग्न व्यक्तिको पनि मृत्यु भएको छ । संसद भवनमा तीन महिना पहिले (जनवरी ६)मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए ।
अहिलेको आक्रमण आतंककारी गतिविधिसँग सम्बन्धित नरहेको अधिकारीले बताएका छन् ।
Discussion about this post