बाँके चैत २२ गते ।
नेपाल राष्ट्रिय कर्मचारी महासंघ बाँके पुनःगठन भएको । अध्यक्ष भोज बहादुर रावल सरुवा भएर बर्दिया गएपछि महासंघ पुनः गठन गरिएको हो । पुनःगठित महसंघको अध्यक्षमा पवन देव अर्याल चयन हुनु भएको छ।
यस्तै उपाध्यक्षमा हरि बहादुर थापा, सचिवमा प्रकाश केसी, सहसचिवमा प्रकाश के सि र कोषाध्यक्षमा नन्दा जोशी चयन हुनुभएको छ । भेलाले सरस्वति बुढा, कृष्ण केसी, ओम राना, अजय महासेठ, महेश विक, कृष्ण विष्ट, पदम कार्की, भीम सुनार, जयराम पाण्डेलाई सदस्य बनाएको छ । भेला महासंघका संयोजक पवन देब अर्यालको सभापतित्वमा भएको थियो ।
Discussion about this post