बाँके चैत २२ गते ।
नेपालगन्ज उपमहानगरपालिका ८ मा रहेको हिन्दु समशान भुमिमा पार्किङ लाइट लगाइएको छ । समशान भुमीमा पार्किङ लाइट लगाइएपछि रातको समयमा समेत समशान उज्ज्यालो देखिएको छ ।
नेपालगञ्ज वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र गुप्ता वडा कार्यालयको बजेटबाट समशान भुमीमा पार्किङ लाइट जडान गरिएको जानकारी दिनुभयो । यसअघि वडा कार्यालयले रानी तलाबको वरिपरि यो लाइट लगाएको थियो ।
सनिवार श्मशान घाट वरिपरि र भित्र पट्टि पनि लगाइएको उहाँले जानकारी दिनुभयो । समशान घाटमा रंगरोगन समेत गरिएको छ ।
Discussion about this post