बाँके चैत २५ गते ।
नेपाल पत्रकार महासंघ बाँके शाखाको आगामी नेतृत्वका लागि बुधबार मतदान प्रक्रिया सकिएको छ । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनमा बाँकेमा शाखाको मतदानमा जम्मा २९६ मत खसेको छ ।
नेपाल प्रेस युनियन बाके, प्रेस संगठन नेपाल बाके, प्रेस चौतारी नेपाल बाके र प्रगतिशील पत्रकार संघ बाकेको लोकतान्त्रिक व्यसायीक श्रमजीवी पत्रकारको संयुक्त प्यानल र डक्ट धिताल नेतृत्वको प्यानलले आ-आफ्ना उम्मेदवारलाई चुनावमा उठाएका थिए ।
सयुक्त प्यानलबाट १५९ वटा मत खसेको र धिताल प्यानलबाट १३७ मत खसेको प्यानलहरुले जनाएका छ । निर्वाचन अधिकृत केशव कोईरालाका अनुसार बुधबार साँझसम्म सम्पूर्ण मतपेटिकालाई शील गरि सुरक्षित तरिकाले राखिएको र बिहीबार बिहानबाट मतगणना शुरु हुने छ ।
लोकतान्त्रिक प्यानलका नेतृत्व दामोदर भण्डारी र धिताल प्यानलको नेतृत्व डक्ट धितालले गर्नुभएको छ ।
Discussion about this post