बाँके चैत २७ गते ।
नेपालगन्जमा अटोरिक्साको माग बढ्दै गएको छ । पाइडवाला रिक्सा विस्थापित भएसँगै अटोरिक्साको माग बढ्दै गएको हो । यात्रुलाई यात्रामा सहज पनि हुने भएपछि यात्रुको रोजाइपनि अटोरिक्सा बनेको छ । यस्तो व्यवसायीक हिसावले पनि यसको माग बढ्दै गएको व्यवसायीहरु बताउँछन् ।
माग बढेसँगै अटोरिक्साका डिलर समेत खुल्नेक्रम बढेको छ। बजारमा अटोरिक्सामध्ये ठूलो हिस्सा टिभिएस अटोले लिन थालेको छ । शुक्रबारमात्रै नेपालगन्जमा टिभिएस कम्पनीको एकमात्र गोर्खा इन्टरप्राइजेजले आफ्नो उत्पादनको विक्री समेत सुरु गरेको छ । गोर्खा इन्टरप्राइजेजले गरेको उद्घाटन कार्यक्रममा नेपालगञ्ज यातायातका प्रमु पुर्ण बहादुर खत्रीले अटो रिक्सा स्टार्ट गरेर उद्घाटन गर्नु भएको थियो । यातायाता कार्यालय नजिकैबाट विक्री सुरु गरेको उक्त कम्पनीले तीन वटा अटो खरिदकर्तालाई चावी हस्तान्तरण गरेको हो ।
नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा टिभिएसले ल्याएको टिभिएस किङ्ग डिलक्स प्लस अटोको सार्वजनिकीकरण कार्यक्रममा शुक्रवार ३ वटा अटो खरिदकर्तालाई चावी हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै यातायाता कार्यालयका प्रमुख खत्रीले आरामदायी यात्राका लागि टिभिएस किङ्ग डिलक्स प्लस अटो उपयुक्त रहेको बताउनुभयो । उहाँले अटोरिक्सा पछिल्लो समय रोजगारीको स्रोत बनेको बताउनुभयो । उहाँले भरपर्दो, आरामदायी र विपन्न समुदायलाई रोजगारी प्रदान गर्न यसले ठूलो सहयोग पुर्याउने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै संचालक अब्दुल महबुब बगवानले निम्न बर्गका मानिसलाई विना धितो स्वदेशमै रोजगारी सिर्जना गर्ने उदेश्यले ४ बर्षअघि सञ्चालनमा आएको गोर्खा इन्टरप्राइजेजले एक हजार वढि अटो विक्री गरिसकेको जानकारी दिनुभयो ।
नयाँ मोडेलको यो अटोमा शक्तिशाली इन्जिन, आरामदायी सिट, अधिक लामो सिट, दोब्बर टिकाउ र आकर्षक डिजाइन रहेको संचालक बागवानले बताउनुभयो ।
Discussion about this post