बाँके चैत २८ गते ।
देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेसँगै वायु प्रदूषण केही कम भएको छ । वायु प्रदूषण मापन गर्ने नेपालको एक्यूआई अहिले १५० भन्दा तल झरेको छ ।यो लक्षित समूहहरुका लागि अस्वस्थ अवस्था हो । नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर हिजो अस्वस्थ अवस्थामा झरेको थियो ।
आज फेरि सुधार भएर निश्चित समूहका लागि मात्रै अस्वस्थ अवस्थामा आइपुगेको हो । यो समयमा विशेष गरेर पाको उमेर समूहका, बालबालिका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका दीर्घरोगीहरुले विशेष सावधानी अपनाउनुपर्ने जनस्वास्थ्यविद्हरु बताउँछन् ।
केही दिनअघि नेपालको वायु प्रदूषण विश्वकै सबैभन्दा धेरै उच्च हानिकारक अवस्था अर्थात ४७० एक्यूआईमा पुगेको थियो ।तर, नेपालगञ्जको प्रदूषण भने कम हुन सकेको छैन । नेपालगञ्जको एक्यूआई एक सय ६९ मापन गरिएको छ । यो अति अस्वस्थ अवस्था हो । फाइल फोटो
Discussion about this post