जावेद अन्सारी
बाँके चैत ३० गते ।
नेपाल पत्रकार महासंघ बाँकेका नवनिर्वाचित अध्यक्ष दामोदर भण्डारीले महासंघको गरिमा उचो बनाउन आफ्नो नेतृत्वले पहल गर्ने धारणा राख्नुभएको छ । नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा उहाँले महासंघको गरिमा उच्च बनाएर सबै पत्रकारको साँझा थलो बनाइने उल्लेख गर्नुभयो ।
उहाँले पत्रकार महासंघको खस्कदो साखलाई जोगाउँदै पत्रकारहरुको व्यवसायीक हितका निम्ति महत्वपूर्ण दुई प्रोजेक्ट लन्चको घोषणा गर्नुभएको छ । ‘व्यवसायीक पत्रकारहरुलाई आर्थिकरुपमा सवल बनाउने योजनासहित नयाँ प्रोजेक्ट लन्च गरिने छ उहाँले भन्नुभयो–‘अहिलेको कार्यसमितिले सम्झन लायक काम गर्नेछ । त्यसमा प्रतिबद्ध छौं ।
उहाँले चुनावी प्रतिस्पर्धालाई विर्सेर सबै पत्रकारलाई महासंघले समान तरिकाले व्यवहार गर्ने धारणा राख्नुभयो । निर्वाचन परिचालन समितिका संयोजक चेतकान्त भट्राईले अघिल्लो कार्यकालले महासंघको गरिमालाई ध्वस्त पार्ने काम गरेको भन्दै त्यस्ता कार्यबाट महासंघलाई मुक्त गराउनेगरी कार्यसम्पादन गर्न सुझाव दिनुभयो ।
महासंघको गरिमालाई उच्च राख्न शुद्धिकरणलाई कडाइका साथ लैजान पनि उहाँले सुझाव दिनुभयो । महासंघ व्यवसायीक पत्रकाहरुको संस्था बन्नु पर्नेमा जोड दिँदै उहाँले आफ्नो र पराई भनेर नछु्ट्याउन आग्रह गर्नुभयो । उहाँले पत्रकारिता नगरेका व्यक्तिहरुलाई विदाई गर्न सुझाव दिनुभयो ।
प्रेस युनियन, प्रेस चौतारी (माधव) समूह, प्रगतिशील र प्रेस संगठन गठबन्धन नेतृत्वको भण्डारी प्यानलले चुनाव जितेपनि एमाले नेता रत्न खत्रीले व्यवसायीक पत्रकारितामा लाग्न सुझाव दिँदै वर्तमान परिस्थितिमा पत्रकारहरुको भूमिका अझ प्रभावकारि भएको धारणा राख्नुभयो ।
कार्यक्रममा प्रेस युनियनका उपमहासचिव प्रेम केसी, लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, सचिव जयसिंह केसी, जनमोर्चा नेता कृष्ण पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post