बाँके बैशाख २ गते ।
कोरोना भाइरस महामारीका कारण नेपालगन्जका विद्यालय भोलिदेखि बन्दको घोषणा गरिएको छ । कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि अवस्था भयावह बनेको छ । संक्रमणको गति जति नै बढे पनि जनतामा त्यसप्रतिको सजगता भने शून्य बराबर छ ।
त्यसैमा स्थानिय सरकारको उदासिनताले बाँके कोरोनाको हटस्पट बनिसकेको छ । भारतमा कोरोना संक्रमणको गति बढ्ना साथ बाँकेमा कडाईका साथ स्वास्थ्य मापदण्ड पालना गराउनु पर्नेमा ठुला मेला, महोत्सव जस्ता आयोजना गर्न प्रशासनले अनुमती दियो ।
यहि बिचमा ठुला कार्यक्रम, नयाँ बर्षको ठुला पार्टिहरु आयोजना भयो ,जो स्थानिय प्रहरी र प्रशासन अनुमती र समन्वय बिना भयो हामी कल्पना गर्न सक्दैनौं । अहिले बाँके कोरोनाको दोस्रो लहर संग जुधी रहेको छ । आज मात्रै कार्यभार सम्हालेका बाँकेका सिडिओ शिवराम गेलालको लागि बाँके निल्नु न ओकल्नुको जस्तै हुने धेरैले अनुमान गरेका छन् ।
दैनिक रुपमा १०, २०, ५० हुँदै सयको दरमा बढेको कोरोना र कोरोना संक्रमणबाट मृत्यु हुनेको सिलसिला समेत नरोकिएको अवस्थामा बाँकेको सिडिओ गेलालको भुमिका कस्तो रहला अहिले नेपालगन्जको चासोको बिषय रहेको छ । बाँकेमा हुने राजनैतिक दलको कार्यक्रम र एनजीओले गर्ने हल भित्रको कार्यक्रम रोक्नु सिडिओको लागि अर्को चुनौती रहने छ ।
राजनैतिक प्रभावमा नेपालगन्जको महोत्सव रोक्न नसकेको स्थानिय प्रशासनले त्यसपछिका सबै जसो धार्मिक तथा अन्य कार्यक्रम रोक्ने चेस्टा गर्न सक्ने सम्भावना न्युन रहेको थियो, जसको रिजल्ट आजको बाँकेको कोरोनाको ग्राफ हेर्न सकिन्छ । भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमित राखेर उपचार गर्ने आइसोलेसन भरिभराउ छ ।
भेरी अस्पतालबाहेक अर्को स्थान छैन । नेपालगन्ज मेडिकल कलेजले आइसोलेसनको राख्ने जिकिर गरेको भए पनि त्यतिले मात्रै बाँकेको कोरोना संक्रमितको उपचारको लागी पर्याप्त हुँदैन । बाँकेका स्थानीय तहले त्यसतर्फ कुनै चासो देखाएको छैन । स्वास्थ्य कार्यालय बाँकेले समेत त्यसको लागि कुनै महत्त्वपूर्ण कदम चालेको आभास पनि भएको छैन यस्तोमा डिसिसिएमसिको अध्यक्ष समेत रहने सिडिओको लागी बाँकेको कोरोना दलदल सबैभन्दा ठूलो चुनौती रहने छ ।
नेपाल-भारत सिमानाका जमुनाह पनि नयाँ सिडिओको लागि अर्को चुनौती बन्न सक्छ । कोरोनाको पहिलो लहरमा समेत सिमानाका पुर्णतया बन्द नभएको अवस्थामा अहिले सिमानाका गर्न सक्ने अवस्था छैन जुन ब्यवहारिक हुदैन । त्यस्तोमा सिमानाकालाई कसरी ब्यवस्थापन गर्ने ? कसरी सिमामा निगरानी बढाउने ? कस्तो किसिमको कदम चाल्ने ? यी र यस्तै तनावले सिडिओलाई घेर्न सक्छ । तर कोरोना संक्रमण फैलन सक्ने सम्भावित स्थान भनेको नाका नै हो ।
बाँकेका हरेक सिडिओ केही पत्रकार, नेता, व्यापारी र कर्मचारीको सर्कलमा मात्रै घेरिने परिपाटीले गर्दा समेत यस अघिका सिडिओहरु आलोचित बन्दै आएका थिए । अब नयाँ सिडिओ गेलालले त्यसलाई चिरेर कसरी बाँकेमा सफल रहन्छन् त..? त्यो भबिष्यले देखाउला तर बाके सिडिओको लागि पहिलो प्राथमिकतामा भने कोरोनाको दलदलबाट बाँकेलाई कसरी बाहिर निकाल्ने त्यता तर्फ सोच्न जरुरी छ ।
Discussion about this post