बाँके बैशाख २ गते ।
नेपाल पत्रकार महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिको बैठक आज बसेको छ । महासंघका
अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले तीनवटा निर्णय गरेको छ ।
बैठकपछि महासंघका सचिव कमल डाँगीद्धारा जारी विज्ञप्तीमा महासंघको निर्वाचन सफलता पूर्वक सम्पन्न गराउन भूमिका खेलेको भन्दै मतदाता एवं साधारण सदस्य, प्रहरी, प्रशासन, नागरिक समाज, मानवअधिकारकर्मी, कान७त्रगयतसन व्यवसायी, राजनीतिक दल, जिल्ला समन्वय समिति लगायत सरकारी निकाय एवं सार्वजनिक सरोकार राख्ने सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
यस्तै कोरोनाको संक्रमण बढेको अवस्थालाई मध्यनजर गर्दै सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ । साथै महामारी नियन्त्रणमा प्रभावकारी कार्य गर्न सम्बद्धलाई अनुरोध गरेको छ।
यस्तै पत्रकार आंचारसहिताको सचेतनाका लागि बाँकेका प्रत्येक संचारगृह र महासंघमा समेत आचारसंहिताको प७त्रगयतसर्ण विवरण देखिने गरी ‘आचारसंहिता बोर्ड’ राख्ने । संचारगृहमा राखिने आचारसंहिता बोर्डको व्यवस्थापन महासंघ स्वयंले गर्ने निर्णय पनि बैठकले गरेको छ।
Discussion about this post