बाँके बैशाख ३ गते ।
नेपालगन्ज वडा प्रहरी कार्यालयका सइ शरण भण्डारी अवैध असुलि धन्दाका नाइके बनेका छन् । दादागिरी शैलीमा सर्वसाधरणलाई धम्क्याउने र थर्काउने गरेका भण्डारीले अवैध असुलिलाई तीब्र बनाएका छन् ।
सानालाई धम्क्याउने र ठूलाबाट मोटो रकम असुल्ने गरेको नागरिकतहबाट गुनासो आएको छ । जैसपुरमा भारतबाट अवैध सामान भित्र्याउने कार्यमा उनले ठूलो भूमिका निभाएका थिए । त्यहाँबाट मोटो रकम लिएको खुलेको छ । योभन्दा अघि उनी कम्दीमा काठ तस्करसँग मिलेर असुली कार्यमा खटिएका थिए ।
शान्ति सुरक्षा र अवैध कार्य रोक्ने कसम खाएका भण्डारी अवैध असुलीमा लिप्त भएका छन् । यहाँसम्मकी अहिले पनि नगरभरी अवैध असुलीमा खटिएका छन् । वडा प्रहरी आसपासमा पार्किङमा राखिएको मोटरसाइकलवालासँग समेत उनले पैसा लिने गरेको पाइएको छ । सकेसम्म पैसा दिन आग्रह गर्ने र नभए मोवाइलको रिचार्ज माग्ने गरेका छन् ।
नदिए दादागिरी शैलीमा थर्काउँदै हिड्ने गरेका छन् । दैलेख निवासी उनी पावरमा कमाउ कार्यालयमा मात्र जाने गरेका छन् । सइ भण्डारीप्रति वडाका स्थानीय आक्रोशित भएका छन् । खासगरी पाँच नम्वर वडाका स्थानीयले उनीप्रति कारवाहीको माग समेत गर्न थालेका छन् । उनको असुली धन्दाबारे वडा कार्यालयकै प्रहरी समेत आजित भएका छन् ।
Discussion about this post