बाँके बैशाख ३ गते ।
भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमित थेगिनसक्नु अवस्थामा पुगेको छ । गम्भीर संक्रमितको संख्या ४९ जना पुगिसक्यो । उपचार अभावमै मृत्यु हुने अवस्था आइसकेको छ । भेन्टिलेटर अभाव हुन थालेको छ । यही बेला बाँके क्षेत्र नं. २ वाट निर्वाचित संघीय सांसद तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राइले भने भेन्टिलेटरको व्यवस्थापन गरेका छन् ।
संसदीय विकास कोषबाट दिएको ४३ लाखबाट दुई वटा भेन्टिलेटर खरिद गरेर भेरीमा ल्याइने भएको छ । कठिन समयमा दुईवटा भेन्टिलेटर ठूलो उपलब्धीपूर्ण हुने अस्पताल प्रशासनले जनाएको छ ।
यसअघि पनि राइले भेरीलाई भेन्टिलेटरको व्यवस्था गर्दै थिए । तर नेपालगन्जका मेयर धवल शम्शेर राणाका कारण राइले छुट्याएको बजेट फ्रिज भएको थियो ।
Discussion about this post