बाँके वैशाख ७ गते ।
बाँके अहिले कोरोनाको हटस्पट बनेको छ । सार्वजनिक यातायातमा स्वास्थ्य सुरक्षाका मापदण्डको उल्लंघन हुँदा कोरोना भाइरसको संक्रमण झन तीव्र हुने चिन्ता गरिएको छ। सार्वजनिक यातायातमा मास्क लगाउने र स्यानिटाइजरको प्रयोग गर्नुपर्ने अनिवार्य भएपनि निरन्तर यो नियमको उल्लंघन भएको गुनासो गरिएको छ।
कोरोना भाइरसको दोस्रो लहरको चपेटामा मुलुकसँगै सुदूरपश्चिम प्रदेश समेत पर्न थालेको भन्दै चिन्ता बढिरहेको बेला सुदूरपश्चिम प्रदेशमा भने सरकारी कार्यालयदेखि सार्वजनिक यातायातसम्म कोभिड १९ सुरक्षा मापदण्डको निरन्तर उल्लंघन भइरहेको छ। सार्वजनिक यातायातमा मास्क लगाएर मात्रै यात्रा गर्न सरकारले नियम बनाएको छ तर सर्वसाधारण र यातायात व्यवसायीले सो नियमको पालना नगरेको प्रहरीले जनाएको छ ।
कोभिड १९ स्वास्थ्य सुरक्षा मापदण्डको सबैले पूर्ण पालना गर्नुपर्ने भएपनि सार्वजनिक रुपमै दिनहुँ अवज्ञा गर्ने काम झनझन बढेको भन्दै चिन्ता गरिएको छ। यातायात व्यवसायीले भने लामो दुरीको यात्रीले मास्क लगाउने गरेको भएपनि छोटो दुरीको यात्रा गर्नेहरुले अटेरी गर्ने गरेको बताएका छन्। छोटो दुरीका यात्रुले अटेरी गरेका देखिन्छ। हामीले आफैले पनि मास्क वितरण गर्ने गरेका छौँ। सर्वसाधारण सबैले स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्छ। हामीलाई मात्र रोग फैलायो भन्न त मिलेन।
रोग त कसैका मित्र हुँदैन भन्ने सबैले बुझ्न जरुरी छ एकजना यातायात व्यवसायी समितिका पदाधिकारीले बताए । भारतबाट आएको यात्रीले मास्क लगाउने गरेको तर अन्यले पटकपटक अनुरोध गर्दा समेत मास्क लगाउन अटेरी गर्ने गरेको व्यवसायीहरुले बताएका छन्। बसमा यात्रा गर्ने यात्रुहरुलाई निःशुल्क मास्क वितरण र स्यानीटाइजर समेत राखेर सवारी साधन चलाउने गरेको पाइएको छ । बाँकेमा दैनिक ठूलो संखयामा संक्रमित फेला परिरहेका छन् । फाइल तस्वीर
Discussion about this post