बाँके वैशाख ७ गते ।
केही दिन अघि बाँकेका एसपी ओम रानाले जमुनाह नाकामा डोरी बाँधेर मानिसहरुको आउजाउलाई कडाइ गरे । भाइरस संक्रमणको जोखिम बढेपछि नेपाल भारत सीमानाका जमुनाहमा आउजाउलाई कडाइ गरिएको छ । भारतमा संक्रमण फैलिएपछि नाकामा कडाइ गरियो ।
तर सर्वसाधरणलाई मात्र नाकामा कडाइ गरिएको छ । पहुँच हुनेहरु रुपैडिहा आउजाउ गरिरहेका छन् । सिडियो, एसपी, ठूला राजनीतिक दलका नेताका आफ्नो मान्छे भन्दै रुपैडिहा गएर किनमेल गर्ने गरेको नाकामा खटिने प्रहरी बताउँछन् । एकजना स्थानीय भन्दै थिए के कोरोना आमनागरिकलाई मात्र लाग्छ ? नेपालगञ्जको जमुनाह नाकामा देखिएको दृश्य अचम्म लाग्छ नेता देखि लिएर पत्रकार हुँ भन्दै रुपैडिहा बजार किनमेल गर्ने पुग्छन् ।
पहुँच र पावर हुनेले नियम पालना नगर्दा भाइरस संक्रमण झन फैलिएको बताइन्छ । नेता पत्रकार डाक्टर ठुलाबडालाई नियम छैन भन्दै स्थानीय रुष्ट छन् । औषधि उपचारका लागि भारत जानेहरु नाकामा लाइनबद्ध हुने गरेका छन् । उनीहरुले अनावश्यक दुख पाउने गरेका छन् ।
तर सरसामान खरिद गर्न जानेहरु भने न लाइन लाग्नु पर्छ न त उनीहरुले केही भन्नु पर्छ । केवल सिडियो र एसपीको मान्छे भने उनीहरु निर्वाध रुपैडिहा जान पाउँछन् । आउँदा पनि उनीहरुलाई चेकजाँच हुँदैन् । कोरोना रोकथाम तथा निदानको मुख्य जिम्मेवारी बोकेका निकायका अधिकारीहरु गैरजिम्मेवार बन्दा भाइरस संक्रमण थप फैलिएको छ ।
बनाएको नियम सबैले पालना गर्न र गराउनु पर्ने हो तर नाकामा भने पहुँचवालालाई फरक र सर्वसाधरणलाई फरक नियम छ । कोरोना भाइरस सर्वसाधरणलाई मात्र लाग्छ राजनीतिक दल, पत्रकार, सिडियो, एसपी कसैलाई लाग्दैन् जस्तै व्यवहार देखिन्छ ।
Discussion about this post