बाँके बैशाख १० गते ।
बाँके युनेस्को क्लबले जिल्लाका तीनवटा स्थानीय तहका १० विद्यालयका २० जना शिक्षकलाई स्टीक एण्ड स्टोन प्रशिक्षक प्रशिक्षण दिएको छ ।
प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको प्रोटेक्ट परियोजना अन्तर्गत बाँके जिल्लाका खजुरा गाउँँपालिका, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिका क्षेत्रका १० वटा विद्यालयका २० जना शिक्षकलाई सो प्रशिक्षक तालिम दिईएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले सो तालिमका लागि बैजनाथका ४, खजुरा र कोहलपुरका ३–३ वटा गरेर १० वटा विद्यालयबाट २० जना शिक्षकको छनोट गरिएको बताउनुभयाो ।
सो तालिममा सहभागि शिक्षकहरुलाई बाल अधिकार, मानवबेचविखन नियन्त्रण, बाल विवाह र हिंसा तथा दुव्र्यवहार बारे बिस्तृत रुपमा जानकारी गराउने तथा ती शिक्षकहरुले आ आफ्नो विद्यालयमा गएर बालबालिकालाई सो सम्बन्धि तालिम प्रदान गर्ने प्रोटेक्ट परियोजनाका फिल्ड सुपरभाइजर शंकर सिंह थारुले बताउनुभयो ।
बालबालिकाले आ आफ्नो समुदाय र समाजमा गएर सो बारेमा जानकारी गराई सचेतना फैलाउने छन् ।
फिल्ड सुपरभाइजर थारुले तालिममा युथ एम्बेसडर मन्जु थापा मगरको पनि सहभागिता रहेको जनाउँदै तालिमको सहजीकरण राम कुमारी चौधरीले गर्नुभएको बताउनुभयो ।
Discussion about this post