बाँके वैशाख ११ गते ।
कोभिडका विरामीको उपचार भइरहेको भेरी अस्पताललाई थप पाँच हजार अक्सिजन सिलिण्डर प्राप्त हुने भएको छ । कोभिडका विरामीलाई अक्सिजन अभाव हुन नदिन जनप्रतिनिधिहरु लागि परेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका ४ का वडाअध्यक्ष सफिक वेहनाले दुई सय थान अक्सिजन सिलिण्डर सहयोग गरेको भोलिपल्टै बाँके क्षेत्र नं.२ का संघीय सांसद मोहम्मद ईस्तियाक राईको पहलमा पाँच हजार थान अक्सिजन सिलिण्डर भेरीलाई प्राप्त हुने भएको हो । राईले आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी ५ हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने उल्लेख गर्नुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका भित्र बाटो र धार्मिक संस्था भित्रको निर्माण कार्यका लागि बिनियोजित बजेट रकामान्तर गरेर कोभिडको बिरामीको लागि आवश्यक पर्ने पाँच हजार थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।
पछिलो समय नेपालगञ्ज उपमहानगरपालिका भित्र कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन । भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै बिरामीका लागि चाहिने अक्सिजनको समेत अभाव भएको छ ।
Discussion about this post