बाँके वैशाख १२ गते ।
बाँकेको खजुरा गाउँपालिकाले अक्सिजन बेडसहितको आइसोलेसन संचालनमा ल्याएको छ । अक्सिजनसहितको वेडको व्यवस्थापन गरि संचालनमा ल्याएका छौं खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले भने शुरुमा ४० वेड जनक शिक्षामा र वडा नं. १ मा १० संचालनमा ल्याउने र त्यसलाई आवश्यकता अनुसार बढाएर लिने लक्ष्य छ ।
खजुरामा रहेको जनक शिक्षा सामाग्रीको भवनमा निर्माण गरिएको आइसोलेसनको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाल, प्रहरी प्रमुख ओम रानालगयत सुरक्षा अधिकारीले अवलोकन गरेका छन् । खजुरा गाउँपालिका वडा नं. १ का अध्यक्ष सुमन मल्लको सक्रियतामा राधापुर स्वास्थ्य चौकीमा १० बेडको आइसोलेसन संचालनमा ल्याइएको छ ।
आवश्यक अक्सिजन, औसधि तथा स्वास्थ्यकर्मीको निगरानी रहने उक्त आइसोलेसन खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार अवलोकनपछि शुभारम्भ भएको बताएका छन् । उनले तयारी थाल्दा थाल्दै पनि अक्सिजनका कारण ढिलाइ भएको बताए । खजुरा गाउँपालिकाले यसघी पनि कोभिडमा राम्रो काम गरेको भन्दै रास्टृयस्तरको पुरस्कर पाएको थियोे ।
Discussion about this post