अजय पाठक
बाँके भदौ २८ गते । सनिवार बाट सोर्ह श्राद्ध सुरु भएको छ । आजका दिन बाट पितृहरुको उद्धारका लागि सबैका घर घरमा र तिर्थस्थलहरुमा पितृको सम्झना गर्ने पुर्खा बाट प्रमपरा चल्दै आइ रहेको छ ।
पर्तीपदा तिथीबाट दशै सुरु हुने जमरे औशी सुरु हुनसम्माको १५ दिनभित्रसम्मा पितृको सम्झना गरिन्छ । यस् १६ दिन भित्र केही गर्नु र नगर्नु पर्ने कुराहरु पनि छन, श्राद्धमा तीन प्रशंसनीय कुरा छन् : बाहिरी र भित्री शुद्धता, क्रोध नगर्ने र हतार नगर्ने ।
गीता, भागवत, पितृसूक्त, पितृसंहिता, रुद्रसूक्त, ऐन्द्रसूक्त आदि पाठ गर्नु बुद्धि, मन र कर्म तीनै कुराको शुद्धिका लागि फलप्रद छ । श्राद्धकै दिन कपाल नकाट्ने कुरामा पनि प्रय ध्यान रख्नु पर्छ भन्ने कुरा हाम्रो बाहुनले बताउन छन ।
श्राद्धमा प्रयुक्त पवित्र मन्त्र जाप गर्नु पर्ने हुनछ । घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर, विवाह र विवाहको कुरा झिक्न वर्जित छ । भूमि पूजन, इनार पूजा, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि श्राद्धपक्षमा गर्नु हुँदैन भन्ने कुराको पाल्न गरेको पनि पाइन्छ ।
दशै र तिहार हिन्दुहरुको लागि महान र ठुला पर्व भएको हुनले हिन्दु पात्रो अनुसार कुनै पनि ठुला पुजा आजा पर्व मन्नु भन्दा अगाडी हाम्रा पू्र्खाहरुको पितृहरुलाई सम्झिनु पर्ने हुनले पनि १६ श्राद्ध दशै भन्दा १६ दिन अगाडी सम्झिनु पर्ने चलन रहेको छ ।
Discussion about this post