बाँके वैशाख १५ गते ।
बाँकेको जानकी गाउँपालिकाका २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि गाउँपालिका नै बन्द गरिएको छ । कर्मचारीमा कोरोना पोजेटिभ भएपछि बैठक बसेर गाउँपालिका २२ गते सम्मको लागी बन्द गरिएको हो ।
गाउँपालिकाले अति आवश्यक सेवा बाहेक शाखाहरुबाट हुने सेवा सबै बन्द गरिएको जनाएको छ । हिजो १४ गते हिजो देखि २२ गते राति १२ बजेसम्मको लागी गाउँपालिका बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत बस बहादुर रानाले एक सुचना जारी गर्दै जनाउनुभएको छ ।
Discussion about this post