वसिम अन्सारी
बाँके वैशाख २३ गते ।
नेपाल भारतसीमा नाकाबाट बाँके प्रहरीले लागु पदार्थसहित चार जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १५ बाट भारत बहराइच निवासी १८ वर्षीय सनि निसार र सोही स्थानका १८ बर्षकै नौसाद तेली पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ११ ग्राम ब्राउन सुगर फेला परेको जमुनाह इन्चार्ज बिष्णु गिरि ले बताए । यस्तै भारतबाट नेपालतर्फ आउँदै गरेका तुलसीपुर नगरपालिका ८ दाङका ३५ वर्षीय दिपक वली र ३४ वर्षीय पदम शाहपनि पक्राउ परेका छन् ।
उनीहरुकोे साथबाट ७ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई लागु औषध व्यूरोले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
Discussion about this post