बाँके वैशाख २८ गते ।
यतिबेला कोभिडको महामारी छ । नेपालगन्जको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज बिरामीले खचाखच छन् ।
यस्तो बेलामा वैकल्पिक स्वास्थ्य सेवा आवश्यक हुन्छ त्यही कुराको मध्य नजर गर्दै बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सर्पदंसको उपचारलगायतका उपचार सेवा संचालनमा ल्याएको छ ।
सर्पदंसको उपचार सेवा शुरु गरेका छौं सर्पले टोकेको एउटा गम्भीर बिरामी पनि अस्पतालमा भर्ना गरिएको छ अस्पतालका निर्देशक कृष्णप्रसाद आचार्यले भने कोभिडको बेलामा वैकल्पिक सेवा सुरु गरेका हौं । गत बर्ष १२८ कोरोना संक्रमण भएकाहरुलाई यहि उपचार गराईयको थियोे ।
उनले एकजना ७ वर्षीया वालिकाको एपिन्डिसको पनि आपकालीनरुपमा अप्रेसन गरेको बताउँदै यो अवस्थामा हामीले दिने सेवाबाट धेरैलाई लाभ हुने उल्लेख गरे ।
विशेषगरि क्यान्सरका बिरामीको उपचार गरिने भए पनि अहिले अन्य अस्पतालमा बिरामी नहेर्ने भएकाले हामीले सेवा दिएका हौं निर्देशक आचार्यले भने ।
उनले सेकाइ मेसिन बाहेक क्यान्सरमा सबै सेवा संचालनमा रहेको बताउँदै वैकल्पिक सेवामार्फत जनताका आधारभूत स्वास्थ्य सेवाको परिपूर्ति गर्ने काममा थप मद्दत गरेका छौं।
Discussion about this post