काठमाडौं जेठ ६ गते ।
मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो २ बजे बोलाइएको एमाले स्थायी समिति बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।
बिहीबार बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल हुने एजेण्डा रहेको ती मन्त्रीले जानकारी दिए । संवैधानिक व्यवस्था अनुसार बजेट पेस गर्ने मिति ९जेठ १५० आउन अब ९ दिन बाँकी छ ।
तर सरकारले संसदको बजेट अधिवेशन बोलाएको छैन । प्रतिनिधि सभा नियमावलीमा बजेट पेस हुनुभन्दा १५ दिन अघि नै प्रि(बजेट छलफल समाप्त भइसक्नुपर्ने भन्ने व्यवस्था छ । यो व्यवस्था अनुसार वैशाख मसान्तमै प्रि(बजेट छलफल सकिनुपर्थ्यो । तर सो समयमा संसद अधिवेशन नै आह्वान गरिएन ।
Discussion about this post