बाँके जेठ ९ गते ।
युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागी लक्ष्यित गरि संचालन गरेको निशुल्क एम्बुलेन्सले हाल सम्म ४६ जना कोरोना संक्रमित बिरामिको उपचारमा सहयोग गरेको छ ।
युवा संघले बाँकेमा संचालन गरेको निशुल्क एम्बुलेन्स कोरोना कहर भरी नै संचालन हुने छ । निशुल्क एम्बुलेन्स कोरोना कहर सम्मै संचालन हुने युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले बताए । युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाका अनुसार निशुल्क एम्बुलेन्स संचालन पछि हालको दिनसम्म ४६ जना कोरोना संक्रमितलाई निशुल्क एम्बुलेन्स सुबिधा दिएको जनाएका छन् ।
अध्यक्ष थापाले आफ्नो समाजिक संजालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै लेखेका छन् , -युवा संघ नेपालद्वारा मिति २०७८/०१/२८ गते बाट संचालित निशुल्क एम्बुलेन्स सेवाबाट आजको दिन सम्म ४६ जना बिरामीको उपचारमा सहयोग गरेको जानकारी गराउदछौ ।
कोभिडको महामारी सम्म यो सेवा निरन्तर रहने जानकारी गराउदछौ । यस सेवामा सहयोग गर्ने सबैलाई हार्दिक हार्दिक नमन ।त्यस्तै युवा संघ नेपाल बाँकेका अध्यक्ष र सचिव क्रमश कुस्माखर बस्याल र सुनिल रसाइलीले समेत सबै सहयोगीहरुलाई धन्यवाद दिएका छन् ।
कोरोना कहरमा जिल्लाबासीहरुलाई कोरोना संक्रमितहरुको सहजताको युवा संघले निशुल्क एम्बुलेन्स संचालनमा ल्याएको र युवा संघले देश र जनताको लागि सदैव कार्य गर्ने बताएका छन् ।
Discussion about this post