बाँके जेठ १३ गते ।
नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्युको विषयलाई लिएर मृतकको आफन्तहरुले स्वास्थ्यकर्मीहरुलाई कुटपिट गरेका छन् ।
मृतकका आफन्तले स्वास्थ्यकर्मीलाई लखेट्दै कुटपिट गरे पछि भाग्न खोज्दा ज्यान जोगाउन ४ जना नर्स अस्पतालको २ तलामाथिबाट हाम फालेको बताइएको छन् ।
दाङका एक पुरुषको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तहरुले मान्छे मार्यो भन्दै स्वास्थ्यकर्मीहरुलाई लखेट्दै हातपात गर्न खोजेपछि अस्पतालमा भागाभाग भएको बताइएको छ ।
स्वास्थ्यकर्मी माथी हातपात गर्ने मृतकका आफन्तलाई वडा प्रहरी कार्यालयबाट खटिएको टोलि ले नियन्त्रणमा लिएको छ । कुटपिट गर्ने तिन जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी निरीक्षक डिल्ली खड्काले जानकारी बताउनुभयो ।
Discussion about this post