वसिम अन्सारी
बाँके जेठ १४ गते ।
भेरी अस्पतालमा कार्यरत स्वास्थयकर्मीमाथी भएको आक्रमणको चौतर्फी निन्दा भएको छ । केपी वली सरकार र लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीको संरक्षणमा रहेको दाङ्ग घर भएका नेकपा एमाले केपी गुटको लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत लगायतले स्वास्थ्यकर्मी माथी गरेको आक्रमण निन्दनीय भएको भन्दै उनिसहित संलग्नहरुलाई कारबाही गर्न माग चर्किएको छ ।
नेपाली कांग्रेसका सचीव तप्त पौडेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष आइपी खरेल,नेकपा एमाले बाँके सचिव रत्न खत्री, बाँके जसपाका अध्यक्ष कमरुद्दिन राई र , बाँके राष्ट्रीय जनमोर्चाका उपाध्यक्ष जगदीश ढकालले संयुक्त बिज्ञपति निकालेर दोषी माथी कारबाहीको माग गरिएको हो।
विश्व जगत कोरोना भाईरसबाट अक्रान्त भएको परिस्थितिमा नेपालमा स्वास्थ्याकर्मीको भूमीका महत्वपुर्ण रहेको सर्वविधितै छ। यस्तो विषम् परिस्थितिमा लुम्बिनी प्रदेश अन्तर्गत नेपालगञ्ज क्षेत्र कोरोना भाईरसबाट सबैभन्दा बढी प्रभावित भएको सबैलाई जानकारी छ ।
यही परिस्थितिमा भेरी अस्पतालमा कार्यरत स्वास्थयकर्मीले सबैभन्दा बढी जोखिम मोलेर अग्रपंक्तिमा कोभिड–१९ का संक्रमित बिरामीको उपचार गर्दै आएका छन् । यसै शिलशिलामा रावत लगायतले भेरी अस्पतालका डाक्टर नर्स लगायत स्वास्थयकर्मी माथी सांघातीक आक्रमण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा भनिएको छ-` यस्ता अराजक सत्ता उन्माद गुण्डागर्दीप्रति हामी तपशिलका पार्टीहरु संयुक्त रुपमा घोर भत्सर्ना गर्दछौं । साथै यस्ता अराजक कुतत्वलाई कडा कारवाहीको माग गर्दछौ र कोरोना संक्रमणबाट संक्रमित बिरामीको उपचारमा खटिएका स्वास्थयकर्मीका मनोबल बढाउन अनुरोधको साथै स्वास्थ्यकर्मीको सुरक्षाको जोडदार मांग गर्दछौ ।´

Discussion about this post