बाँके जेठ १६ गते ।
बाँकेमा निषेधाज्ञाका कारण दैनिक गर्दै आएको ज्याला–मजदुरी छुटेपछि उनीहरूलाई साँझबिहानको छाक टार्न मुस्किल परेको छ । गाउँघरमा अन्नपानी माग्न जाँदा कोरोना संक्रमण हुने भन्दै मानिसले सहयोग पनि दिन मान्दैनन ।
नेपालगन्जको रामलिला मैदानमा कामको खोजीमा भेटिएका श्रमिकले भने निषेधाज्ञाले ज्याला मजदुरी छुटेपछि सांझबिहानको छाक टार्न मुस्किल परेको छ । ‘यहाँ न हामीलाई राहत दिन्छ न त रोजगारी कसरी ज्यान पाल्ने ? नेपालगन्ज ६ का सुरज कुच्बधियाले भने, खानलाई गाँस र बस्नलाई बास नभएका हामीलाई कस्ले हेर्छ ? ’ज्यालादारी गरेर साँझबिहानको छाक टार्दै आएका उनीहरू निषेधाज्ञाले त्यो पनि बन्द भएको गुनासो गर्दै थिए ।
‘निषेधाज्ञाले काम पनि पाइँदैन, गाउँमा माग्न जाँदा कोरोनाको बेला नआउनु भन्छन्,’ उनले भने, ‘अब हामि कहाँ जाने ?´ कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बांकेमा स्थानीय प्रशासनले झण्डै एक महिनादेखि निषेधाज्ञा जारी गरेको छ । यसले गरिखाने वर्ग मारमा परेका छन् ।
पहिलो चरणको संक्रमण फैलिएका बेला जारी लकडाउनमा यहाँका स्थानीय तहहरूले प्रभावित वर्गलाई राहत वितरण गरेका थिए तर यसपटक भने त्यसको कुनै सुरसार गरेका छैनन् । राहत वितरणका लागि आग्रह गर्दा समेत वास्ता नगरेको आरोप स्थानीय सरकारहरूलाई लाग्दै आएको छ ।
सम्पन्न परिवारलाई भने निषेधाज्ञाले कुनै अप्ठ्यारो पारेको छैन । उनिहरु आफ्नो कामधन्दा सहज तरिकाबाट गरिरहेका छ्न । बजार ब्यबसाय पनि खुलिरहेका छ्न ।
पहुँच र पावर भएकालाइ निषेधाज्ञाले खासै अप्ठ्यारो पारेको छैन । तर गरिब र निमुखालाई भने सास्ती छ ।
नेपालगञ्जमा अहिले निषेधाज्ञालाई लिएर चौतर्फी विरोध समेत भइरहेको छ । स्थानीय भन्छन निषेधाज्ञालाई कि त कडा पार कित खोल । नेपालगञ्जमा केही पसल बन्द छ्न । केही भने खुल्लानै छ्न । नेपाल प्रहरी, सशस्त्र प्रहरि र नेपानी सेना चोक चोकमा खटिएका छन ।
तर पनि मानिसहरु हिड्न छोडेका छैनन । कतिपय पसल वाला पसलको आधा सटर खोलेर बस्ने गरेका छ्न । ग्राहक आएपछि पसल भित्र बसालेर व्यापार बट्टा हुने गरेको छ । गाउँबाट आउने मानिसहरुलाई सास्ती छ । उनिहरुलाई प्रहरीले अनावश्यक दुख दिने गरेको छ।
Discussion about this post